झापामा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या



झापा, भदौ २७ – झापाको अर्जुनधारा नगरपालिका–३ जुकेखाडीमा एक युवाको हत्या भएको छ। स्थानियमा ‘कोशी’ भनेर चिनिने विजय लिम्बू बुधबार राति हत्या भएको अवस्थामा फेला परेका हुन्।

दुर्गापुर–दानाबारी सडकखण्डअन्तर्गत जुकेखाडीस्थित बाटोमा राति करिब १२ बजे शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रयोग गरिएको देखिन्छ।

घटनाबारे बिहीबार बिहान जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको र अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। हत्या गर्ने कारण भने अझै खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्