आगजनी–लुटपाटका तस्बिर र भिडियो उपलब्ध गराउन प्रहरीको आग्रह



काठमाडौं, भदौ २७ – नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घटेका आगजनी, तोडफोड, लुटपाटलगायतका घटनासम्बन्धी तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सो सम्बन्धी सामग्रीहरू [email protected] मा पठाउन अनुरोध गरेको हो। प्रहरीका अनुसार सो सामग्री उपलब्ध गराउने व्यक्तिको गोपनीयता सुरक्षित गरिनेछ।

उक्त विरोध प्रदर्शन र आन्दोलनका क्रममा आगजनी, लुटपाट तथा आम सर्वसाधारणमा त्रास सिर्जना हुने खालका अप्रिय घटना घटेको भन्दै, घटनासँग सम्बन्धित दृश्य तथा प्रमाण संकलनका लागि सहयोग गर्न आग्रह गरिएको हो।

प्रतिक्रिया दिनुहोस्