एमालेका ३२ विभागको प्रतिवद्धता : पार्टीलाई जेनजीको चाहनाअनुसार बनाइने



काठमाडौं, भदौ २७ – नेकपा एमालेका ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेनजी पुस्ताको चाहनाअनुसार रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका छन्।

पार्टीका ३२ केन्द्रीय विभागका सचिवहरूको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा भनिएको छ, “एमालेलाई हालको जेनजीको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौं।”

विभागहरूले जेनजीको भावना र वर्तमान संविधानको मर्मभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी मुलुकमा देखिएको राजनीतिक अन्योलता अन्त्य गर्न माग गरेका छन्।

एमाले संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार विभाग सचिवहरूले राष्ट्रपतिलाई चाँडै राजनीतिक निकास निकाल्न अग्रसरता र नेतृत्व लिन विशेष अनुरोध गर्ने निर्णयसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्