प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौं, भदौ २७ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शपथ खुवाएका हुन् ।

जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

संसद विघटन गर्ने सहमति भएपछि मात्र कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। स्रोतका अनुसार केहीबेरमै शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने तयारी भएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्ने प्रक्रियामा जाने बताइएको छ।

यससँगै सुशीला कार्की नेपाली इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्