प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ गते निर्वाचन



काठमाडौँ, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा जारी विज्ञप्तिअनुसार, शुक्रबार राति ११ः०० बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको हो ।

सोही विज्ञप्तिमा नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबार मिति तोकिएको उल्लेख छ ।

विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिक परिस्थितिको बदलिँदो अवस्थामा आफ्नो पाँच वर्षे कार्यकाल पूरा नगरी विघटन भएको हो ।

प्रतिक्रिया दिनुहोस्