संयुक्त राष्ट्रसंघद्वारा नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई



काठमाडौँ, भदौ २८ । नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले बधाईसहित शुभकामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपालको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ रहने स्पष्ट गरिएको छ । विज्ञप्तामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल तथा युवा पुस्ताका नेताहरूको योगदानलाई विशेष रूपमा स्मरण गरिएको छ ।

त्यसैगरी परिवर्तनका क्रममा आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । राष्ट्रसंघले नेपालको लोकतान्त्रिक यात्रामा जनतासँगै हातेमालो गर्दै शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री कार्कीको नियुक्ति नेपाली जनताको लामो संघर्ष र आकाङ्क्षाको परिणाम भएको भन्दै राष्ट्रसंघले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्