नुवाकोटमा कर्फ्यु हट्यो
नुवाकोट, भदौ २८ । नुवाकोटमा जारी गरिएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
गत भदौ २३ गते काठमाडौं उपत्यका लगायत देशभर भएका जेएन–जे प्रदर्शनलगायतका घटनापछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भदौ २४ गते विहान ९:३० बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख जिल्ला अधिकारीले सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा भदौ २८ गते विहान ६:०० बजेदेखि हटाइएको जानकारी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै नागरिकलाई यसबारे जानकारी गराएको छ ।


