नयाँ सरकार गठनसँगै जनजीवन सामान्यतर्फ
काठमाडौँ, भदौ २८। नयाँ सरकार गठन भएसँगै मुलुकभर आम नागरिकको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आन्दोलनपछि विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो ।
सुरक्षा व्यवस्थाका कारण केही दिनदेखि प्रभावित दैनिक जीवन अहिले सामान्य अवस्थामा फर्किन थालेको छ । जनता आफ्ना पेशा र व्यवसायमा पुनः संलग्न हुन थालेका छन् । निजी सवारीसाधन सुचारु भए पनि सार्वजनिक यातायात भने अझै पर्याप्त मात्रामा सञ्चालनमा आएका छैनन् ।
नयाँ सरकारले स्थिरता र शान्तिपूर्ण वातावरण कायम गर्ने प्रतिबद्धता जनाएपछि नागरिकस्तरमा आशा बढेको देखिन्छ ।

