निषेधाज्ञा हटेसँगै नुवाकोटका विद्यालय भोलिदेखि सञ्चालन हुने



नुवाकोट, भदौ २८ गते । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको निषेधाज्ञा हटेसँगै जिल्लाभित्रका निजी तथा आवासीय विद्यालयहरू भोलि भदौ २९ गते आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नुवाकोट जिल्ला कार्यसमिति अध्यक्ष पुरुषोत्तम अधिकारीले शनिबार जारी गरेको सूचनामा भोलिदेखि विद्यालयहरू सञ्चालन गर्न सकिने जानकारी गराइएको छ ।

देशको विद्यमान परिस्थिति र प्रशासनले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । साथै, परीक्षासम्बन्धी विषयमा आवश्यक छलफल गरी अर्को सूचना मार्फत जानकारी गराइने प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्