प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनका घाइते युवालाई भेटिन्
काठमाडौँ, भदौ २८ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन–जी’ आन्दोलनमा घाइते भएका युवाहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
आज अपराह्न उनले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी लिएकी हुन् ।
सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए ।
डा. रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने भए पनि गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए ।

