प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आठ दलको संयुक्त विज्ञप्ति



काठमाडौँ, भदौ २८ । आठ वटा राजनीतिक दलले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएका छन् ।

शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा विघटन संविधानमाथिको प्रहार भएको बताएका हुन् ।

विज्ञप्तिमा जनताले दिएको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको उल्लेख गरिएको छ । साथै दलहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् ।

उक्त विघटन नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्