लमहीमा आमाछोरीको पानीमा डुबेर मृत्यु



दाङ, भदौ २९ । लमही नगरपालिका–१ मा पानीमा डुबेर आमा र छोरीको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार वसन्तपुर बौराह निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।

शनिबार दिउँसो घर नजिकै उत्तरतर्फको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा दुबै जना डुबेको प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।

घटनापछि पाण्डेयको नेतृत्वमा आठ जनाको प्रहरी टोली खटिएको थियो । मृतक आमाछोरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्