आइसक्रिम चोरी प्रकरणपछि शिक्षक निष्कासन
बुटवल, भदौ २९ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई आइसक्रिम चोरी प्रकरणमा संलग्न भएको भन्दै निष्कासन गरेको छ ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बुटवलको भाटभटेनी सुपरमार्केटमा लुटपाट हुँदा शिक्षक शुक्लाले आइसक्रिम चोरेको भिडियो सार्वजनिक भएपछि विद्यालयले कारबाहीस्वरूप उनलाई हटाउने निर्णय गरेको हो ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार एक सूचना जारी गर्दै शुक्लाले विद्यालयको आचरण संहिता उल्लङ्घन गर्ने काम गरेको उल्लेख गर्दै तत्काल प्रभावबाट लागू हुने गरी बर्खास्त गरिएको जानकारी दिए ।
प्रधानाध्यापक थापाले भाटभटेनीमा भएको अनियमिततामा संलग्न रहनु शिक्षकको मर्यादाविपरीत भएको भन्दै यस्तो कार्य विद्यालयले स्वीकार गर्न नसक्ने स्पष्ट गरे ।

