प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तारको तयारी



काठमाडौँ, भदौ २९ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन् । बिहान ११ बजे विशेष समारोहबीच उनले पदभार सम्हाल्ने कार्यक्रम तय भएको छ ।

जेनजी आन्दोलनपछि सरकार ढलेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथग्रहण गर्दै प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् ।

पदभार ग्रहणसँगै प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । मन्त्री नियुक्तिका लागि आजै छलफल टुंग्याएर नामावली सार्वजनिक गर्ने र नियुक्ति गर्ने उनको तयारी रहेको बताइएको छ ।

प्रधानमन्त्रीका निकट स्रोतका अनुसार उनले पहिलो दिन शनिबार नै अस्पतालमा रहेका बिरामीलाई भेटेर उपचार सेवाको अवस्था बुझेकी थिइन।

प्रतिक्रिया दिनुहोस्