रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग, नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ घोषणा
काठमाडौँ, भदौ २९ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरी नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत चौधरीले अब आफू नागरिक उन्मुक्ति पार्टीसँग नबाँधिएको प्रष्ट पार्दै नयाँ संगठन ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गर्ने घोषणा गरेका हुन्।
थाहा खबरसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी छाडेको पुष्टि गर्दै नयाँ राजनीतिक पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए।
चौधरीले हालको नागरिक उन्मुक्ति पार्टीप्रति असन्तुष्टि जनाउँदै नयाँ बाटोबाट जनताको विश्वास जित्ने दाबी गरेका छन्।

