तोलामा सात सयले घट्यो सुनको मोल



काठमाडौं,भदौ २९ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु. ५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु. दुई हजार ५७० कायम भएको छ । 

गत शुक्रबार एक तोला सुन रु. दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु. दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्