प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण



काठमाडौँ, भदौ २९ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान सिंहदरबारमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्