धादिङ अस्पतालमा औषधिको अभाव
धादिङ,भदौ २९ । धादिङ अस्पतालमा अत्यावश्यक औषधिहरुको अभाव हुन थालेको छ । जसले गर्दा विरामीहरु समस्यामा परेका छन् ।
खासगरी, मृगौलाको डाइलासिस गर्न आउने विरामीहरुका लागि आकस्मिक रुपमा चाहिने औषधिहरुसमेत पाउन छाडेपछि विरामी समस्यामा परेका हुन।
अस्पताल व्यवस्थापनले औषधिको जोहो गर्न कुनै पहल नगरेको सेवाग्राहीको गुनासो छ ।
धादिङ अस्पतालका प्रमुख निमित्त निर्देशक गगन अधिकारी अस्पताल ब्यवस्थापनमा भन्दा पनि राजनीतिक भेटघाटमा ब्यस्त हुने गरको गुनासो सेवाग्राहीको छ ।
हाल धादिङ अस्पतालमा डाईलासिस सेवा लिई रहेका विरामीहरु समेत मर्कामा परेका छन् भने अस्पतालमा उपचारका लागि आएका विरामीले पाउने निःशुल्क औषधिहरु समेत निजी औषधि पसलहरुमा महङ्गो शुल्क तिरेर किन्नु पर्ने बाध्यता रहेको छ ।

