जेनजी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो



काठमाडौँ, भदौ २९ । हालसम्म जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।

घटनामा एक हजारभन्दा बढी घाइते भएका छन्। तीमध्ये १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सरकारले मृतकको सूची संकलन, घाइतेको उपचार र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कार्यदल गठन गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्