कालीमाटी बजारमा सुकेको प्याजको भाउ घट्यो
काठमाडौँ, भदौ २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार सुकेको प्याजको मूल्य घटेको छ।
समितिका अनुसार आज थोकमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ३७ देखि ३९ रुपैयाँमा कारोबार भइरहेको छ। औसत मूल्य भने ३८ रुपैयाँ कायम छ।
हिजो शनिबार प्रतिकिलो ४० देखि ४२ रुपैयाँमा कारोबार भएको प्याजको मूल्य आज घटेको हो। एक महिनाअघि भने थोक मूल्य न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँसम्म पुगेको थियो।
व्यवसायीहरूका अनुसार प्याजको मूल्य आपूर्तिका आधारमा निर्धारण हुने भएकाले मूल्यमा थोरै मात्रामा घटबढ भइरहन्छ।

