मन्त्रीहरुको नाम सिफारिसका लागि विज्ञहरुसँगको परामर्शमा जेन-जी
काठमाडौं,भदौ २९ । शुक्रबार बेलुका प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै कार्यपालिका प्रमुखको जिम्मेवारी बहन गर्नुभए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ ।
सानो आकारको मन्त्रिपरिषद आजै विस्तार गर्ने भनिए पनि साँझ अबेरसम्म मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम टुंगो लाग्न सकेको छैन ।
मन्त्रिपरिषदमा को-को पठाउने भन्ने विषयमा जेनजीका युवाहरुसहितको विज्ञ समुहबीच अहिले पनि छलफल चलिराखेको बताइएको छ ।
विशेषगरी अब बन्ने मन्त्रिमण्डलमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई समावेश गराउने गरी तयारी भइरहेकोले छलफलमा समय लागेको युवाहरुको भनाइ छ ।

