अन्तरिम सरकारका तीन मन्त्री टुंगो, आज शपथ ग्रहण



काठमाडौं,भदौ ३० । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रीहरूको नाम टुंगो लगाएको छ। अर्थ, ऊर्जा तथा कानून मन्त्रालयमा जिम्मेवारी दिने गरी तीन मन्त्रीको नाम पक्का भएको हो।

अर्थमन्त्रीमा पूर्वअर्थसचिव डा. रामेश्वर खनाल नियुक्त हुने भएका छन्। यस्तै, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको नेतृत्व कुलमान घिसिङ ले गर्ने तय भएको छ।

यसैगरी, कानून मन्त्रालयमा ओमप्रकाश अर्याल नियुक्त हुने भएका छन्। उनलाई कानूनसँगै गृह मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी भएको छ।

घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय पाउने भएका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहण आज तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्