कार्की क्याबिनेटका मन्त्रीहरू साढे ११ बजे शपथ लिँदै



काठमाडाै,भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ लिने भएका छन्।

मन्त्रीहरकाे सपथ ग्रहणाका लागि अहिले शितल निवास परिसरमा टेन्ट राख्ने काम भइरहेकाे छ । शपथ ग्रहण समारोह टेन्टमुनि हुनेछ ।

प्रधानमन्त्री कार्कीले आइतबार रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीको रूपमा सिफारिस गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्