जेनजी मारिएका सम्झना गर्दै असोज १ गते राष्ट्रिय शोक, सरकारले दियो सार्वजनिक विदा



काठमाडौ,भदौ ३० । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएका नागरिकहरूको स्मृतिमा आगामी असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्याल का अनुसार अन्तरिम सरकारले शोकको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। साथै, मृतकका परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ। राहतअन्तर्गत १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्चका लागि प्रदान गरिनेछ।

यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गर्ने र उनीहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

गृहमन्त्री अर्यालले यो निर्णयले शहीद परिवारलाई न्याय दिलाउन मद्दत पुग्ने र आन्दोलनले उठाएका माग सम्बोधन गर्ने दिशामा सरकार जिम्मेवार रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्