जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन हुने
काठमाडौ,भदौ ३० । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्याल का अनुसार आयोग गठन गर्ने सैद्धान्तिक सहमति भइसकेको छ। आयोगको संरचना र सदस्यहरूको टुंगो भने अझै बाँकी छ। उनले सम्भावना अनुसार पूर्व न्यायाधीशकै नेतृत्वमा आयोग गठन हुने जानकारी दिएका छन्।
सरकारले आयोगमार्फत आन्दोलनमा भएका घटना, क्षति र जिम्मेवारी निर्धारण गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

