भारतबाट मूल्य बढेपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत
काठमाडौ,भदौ ३० । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ तर नेपाल आयल निगमले भने मूल्य नबढाउने निर्णय गरेको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ ४६ पैसा बढेको छ।
तर, चाडपर्व नजिकिएको कारण उपभोक्तामा थप भार नपरोस् भनेर निगमले मूल्यलाई यथावत राख्ने निर्णय गरेको जानकारी दिएको छ।
निगमका अनुसार तत्काल उपभोक्ताले कुनै अतिरिक्त मूल्य तिर्नु नपर्ने भए पनि आईओसीबाट बढेर आएको मूल्य समायोजन कसरी गर्ने भन्नेबारे अध्ययन भइरहेको छ।


