कर्तव्यपालनामा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख सहयोग



काठमाडौँ,भदौ ३१ । आन्दोलनका क्रममा कर्तव्यपालनाको क्रममा ज्यान गुमाएका प्रहरी परिवारलाई नेपाल प्रहरीले १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने भएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका पदाधिकारीको तलब कट्टा गरी मृतकका परिवारलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए।

सूचनामा उल्लेख छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको छ।”

प्रहरी प्रशासनले यो कदमलाई मृतक प्रहरी परिवारप्रति सम्मान र सहयोगको प्रतीकका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्