कुलमान घिसिङलाई ऊर्जामन्त्री नियुक्त भएपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा बधाई
काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई दिएका छन्।
मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत शाक्यले विभागीय मन्त्रालयको जिम्मेवारी पाएका घिसिङलाई शुभकामना दिएका हुन्।
शाक्यले आफ्नो स्टाटसमा लेखेका छन्, “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ।”
घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यरत रहँदा देशमा लोडसेडिङ अन्त्य गरेर जनस्तरमा लोकप्रिय बनेका व्यक्तित्व हुन्।

