खोटाङमा सहकारी कर्मचारी युवती शङ्कास्पद अवस्थामा मृत फेला
खोटाङ, भदौ ३१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २२ वर्षीया रेश्मिका सिवा परियार शङ्कास्पद अवस्थामा मृत फेला परेकी छिन्।
अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते साँझ घर नफर्किएपछि खोजी गर्ने क्रममा सछितापोखरीस्थित मार्से सामुदायिक वनमा बाँसघारीभित्र मृत भेटिएकी हुन्। शव सडकभन्दा करिब १५० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार सडकदेखि शवसम्म घिसारिएको चिह्न, चप्पल, झोला र कपडासमेत अलग–अलग भेटिएका छन्।
प्रहरीका अनुसार अनुसन्धानका लागि टोली परिचालन गरिएको छ भने विस्तृत विवरण आउन बाँकी छ।

