कोहलपुरको राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको नगद, सुन–चाँदी फिर्ता



नेपालगन्ज, भदौ ३१ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनी भएपछि बाँके, कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुन–चाँदी फिर्ता गरिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुई लाख ५२ हजार रुपैयाँ नगद, ४२१ ग्राम सुन र करिब १० किलो चाँदी फिर्ता ल्याइएको हो। फिर्ता गरिएका सामग्री सोमबार राजस्व अनुसन्धान कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र सुरक्षाकर्मीहरूको उपस्थितिमा बुझाइएको छ।

यसअघि आइतबार प्रहरीले छुट्टै घटनामा सात लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयले फिर्ता नगर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्