यस वर्षको बडादशैं टीकाको साइत असोज १६ गते विहान ११:५३ मा



काठमाडौं, भदौ ३१ । यस वर्षको बडादशैंको टीकाको साइत असोज १६ गते विहीवार विहान ११ बजेर ५३ मिनेटमा रहने नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार घटस्थापनाको साइत असोज ६ गते सोमवार बिहान ९ बजेर १३ मिनेटमा परेको छ। उक्त दिन घरघरमा देवीस्थापनासहित नौदुर्गाको पूजा–अर्चना सुरु गर्ने प्रचलन रहेको छ।

यस वर्ष टीकाको मुख्य साइत असोज १६ गते विहान ११:५३ मा भए पनि परिवारको अनुकूलता अनुसार दिनभर शुभ मानिने समितिले जनाएको छ। दशैंको मुख्य दिन विजयादशमीमा पूजाआजा गरी मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्