राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य



काठमाडौं,असोज १ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

यसैबिच राष्ट्रियसभाले एक सूचना जारी गर्दै सभाको चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्