बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको राजीनामा



काठमाडौँ,असोज १ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थाअनुसार सभामुख पदबाट राजीनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले भदौ २३ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोगमा युवाहरूले ज्यान गुमाउनुपरेको घटनापछि आफू भावविह्वल बनेको बताएका छन्। “राष्ट्र रोइरहेका बेला नेपाली नागरिकको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु अनुचित ठानें,” उनले लेखेका छन्।

पाठकले भदौ २४ गते नै राजीनामा दिने घोषणा गरेका थिए। उनी राप्रपाबाट प्रदेश सांसद बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्