मुग्लिन–नारायणगढ सडकखण्ड तुइन खोलामा पहिरो, राजमार्ग अवरुद्ध



चितवन,असोज १। निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

बुधबार बिहानदेखि अवरुद्ध हुँदै खुलेको सो सडकखण्डमा पुनः ठुलो पहिरो गएपछि मध्यान्ह १२ बजेदेखि यातायात पूर्णरूपमा ठप्प भएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पन्छाउने काम जारी छ। दुवै तर्फबाट डोजर परिचालन गरेर सडक खोल्ने प्रयास भइरहेको उनले जानकारी दिएका छन्।

यातायात अवरुद्ध भएपछि यात्रुहरू बाटैमा अल्झिएका छन्। वर्षा अझै भइरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्