मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
गोरखा,असोज १। मनकामना केबलकारले आजदेखि पुनः नियमित सेवा सञ्चालन गरेको छ।
केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि २५ गतेदेखि बन्द गरिएको सेवा करिब एक सातापछि पुनः सुरु गरिएको हो।
सेवा बन्द भएको अवधिमा केबलकारको नियमित मर्मत–सम्भारको काम गरिएको शेरचनले जानकारी दिनुभयो।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामाई मन्दिर जाने दर्शनार्थीहरूको सहजताका लागि सञ्चालनमा आएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो। यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ।

