एएफसीबाट एन्फालाई १० हजार डलर जरिवाना



काठमाडौँ,असोज १ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ।

एएफसी फुटसल कप–२०२६ को छनोट प्रतियोगितामा भाग नलिएपछि एन्फामाथि यस्तो कारबाही गरिएको हो। एन्फाले खेल सुरु हुन करिब साढे तीन महिना अघिमात्र नाम फिर्ता लिएको थियो।

एएफसीको अनुशासन तथा आचारसंहिता कमिटीको वैठकले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो। एन्फाले तोकिएको जरिवाना रकम ३० दिनभित्र बुझाउनुपर्नेछ।

त्यससँगै एएफसीले नेपाललाई आगामी संस्करणको फुटसल प्रतियोगितामा समेत सहभागी नहुन दिने कारबाही गरेको छ।

प्रतिक्रिया दिनुहोस्