धनगढीमा सडकको नाम ‘जेनजी मार्ग’ राखिने



धनगढी, असोज १ । कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गर्ने भएको छ।

नगर प्रमुख गोपाल हमालका अनुसार धनगढी उपमहानगरपालिका–१ स्थित पार्क चोकदेखि पार्क मोड, कभर्ड हल हुँदै क्याम्पस रोड छुने सडकलाई जेनजी मार्ग नामाकरण गर्ने तयारी भएको हो। सो सम्बन्धी प्रस्ताव कार्यपालिका बैठकमा प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो।

नगर प्रमुख हमालले पार्क क्षेत्रको सडक प्रयोग गर्दा ‘जेनजी मार्ग’ नाम नै प्रयोग गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ।

उहाँले परिवर्तन, न्याय र अधिकारका लागि जेनजी आन्दोलनमा अमूल्य जीवन समर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको साहस र बलिदान सबैका लागि प्रेरणाको स्रोत हुने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्