रुकुमपूर्व–बागलुङ सिमानामा ४.६ रेक्टरस्केलको भूकम्प
काठमाडौं, असोज १ । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज राति ८:२५ बजे ४.६ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पका कारण हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
उक्त क्षेत्र पहाडी भूभाग भएकाले स्थानीयले कम्पन महसुस गरेको बताइएका छन्।

