आज राति देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रका नदी–नाला र खोल्सामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

