निवर्तमान प्रधानमन्त्री ओली सेनाको सुरक्षाबाट बाहिरिए
काठमाडौँ, असोज २। नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओली आज सेनाको सुरक्षाबाट बाहिरिएर भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुगेका छन्।
गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचनामा आगजनी भएको थियो। त्यसपछि उच्च सुरक्षा व्यवस्थासहित ओली प्रधानमन्त्री निवासमा बस्दै आएका थिए।
ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

