पञ्चकन्या गाउँपालिकामा चिया बगानमा झार–गोडमेल कार्यक्रम सम्पन्न



नुवाकोट,असोज ३ । पञ्चकन्या गाउँपालिका–मा अवस्थित घ्याङ्स्वाराको पर्यटकीय पार्कभित्र लगाइएको चिया बगानमा झार–गोडमेल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षज्यूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

“कोही भन्दा छैन कम, पालिकालाई एक दिन श्रम” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा सहभागीहरूले श्रमदानमार्फत चिया बगानलाई थप आकर्षक, व्यवस्थित र दिगो बनाउन योगदान गरेका छन्।

स्थानीयवासीले यस कार्यले चिया बगानलाई व्यवस्थित बनाउनका साथै पालिकाको आन्तरिक आम्दानी वृद्धि र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहभागीलाई गाउँपालिका तर्फबाट विशेष धन्यवाद दिइएको छ।

प्रतिक्रिया दिनुहोस्