संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइँदै



काठमाडौं,असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ देशभर आज विविध कार्यक्रम गरी मनाइँदैछ।

यस अवसरमा राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे मूल समारोह आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ।

यद्यपि अहिलेको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकीलगायत सांस्कृतिक कार्यक्रम भने स्थगित गरिएको छ।

नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट घोषणा गरिएको हो। नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि स्वरूप दोस्रो संविधानसभाले अथक प्रयास र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

त्यसै राति नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकमार्फत तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्