नुवाकोट पञ्चकन्याका ३०१ बालबालिकालाई शैक्षिक सामग्री वितरण



नुवाकोट,असोज ३ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको सहजीकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

परियोजनाअन्तर्गत नवसञ्जीवनी माध्यमिक विद्यालय, इन्द्रायनी माध्यमिक विद्यालय, आपचौर आधारभूत विद्यालय, शान्ति विद्या आधारभूत विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, गम्बो डाँडा आधारभूत विद्यालय र सुन्दरकन्या आधारभूत विद्यालयमा अध्ययनरत ३०१ जना बालबालिकाहरूलाई सामग्री वितरण गरिएको हो।

बालबालिकालाई स्विटर, स्पोर्ट्स शुज, मोजा, रेनकोट, ट्रयाक सुट लगायतका सामग्री हस्तान्तरण गरिएको परियोजना कार्यालयले जनाएको छ। यसले विद्यार्थीहरूलाई पठन–पाठनमा थप प्रोत्साहन गर्ने तथा विद्यालय जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्