नुवाकोट तादीमा संविधान दिवस २०८२ विशेष कार्यक्रमसहित मनाइयो



नुवाकोट,असोज ३ । संविधान दिवस २०८२ को अवसरमा नुवाकोटको तादी गाउँपालिकामा विशेष कार्यक्रमसहित दिवस मनाइएको छ।

शुक्रबार गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, जनप्रतिनिधिहरू, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूको उपस्थितिमा झण्डोतोलन गरिएको थियो।

कार्यक्रममा संविधान दिवसको ऐतिहासिक महत्व स्मरण गर्दै ज्ञात–अज्ञात शहीदहरूको बलिदानप्रति उच्च सम्मान प्रकट गरिएको थियो। साथै नेपालको संविधान २०७२ जारी भएपछिका उपलब्धिहरूलाई सुरक्षित गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै एकजुट भएर अघि बढ्नुपर्ने संदेश दिइएको छ।

कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष तामाङले संविधान दिवसलाई राष्ट्रिय एकता र सहकार्यको प्रतीकका रूपमा लिनुपर्ने बताउँदै सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्