क्यान्सर उपचाररत नुवाकोट विदुरकी बन्दना अधिकारीलाई सहयोगको अपिल
नुवाकोट, असोज ४ । बिदुर नगरपालिका–५, पिपलटार निवासी मिलन गजुरेलकी धर्मपत्नी बन्दना अधिकारी (गजुरेल) करिब दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै उपचाररत छिन्। नेपालमै उपचार गराउँदा करिब १५ लाख रुपैयाँ खर्च भइसकेको र थप उपचार नेपालमा सम्भव नभएकाले हाल भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा लगिएको परिवारले जनाएको छ।
अस्पतालले सम्पूर्ण उपचारमा करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ। उच्च खर्च व्यवस्थापन गर्न कठिन भएकोले श्रीमान् मिलन गजुरेलले सबैमा सहयोगका लागि हार्दिक अपिल गरेका छन्।
“नेपालमै सम्भव हुने उपचार गराइसकेका छौँ, तर अब थप उपचारका लागि ठूलो खर्च आवश्यक भएकोले सहयोगी मनले सक्ने सहयोग गरी जीवन बचाउन हातेमालो गर्न आग्रह गर्दछु,” गजुरेलले भने।
बन्दना अधिकारीको उपचारका लागि सहयोग गर्न इच्छुक शुभचिन्तकहरूले तलको क्युआर मार्फत आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ।



