दाउन्ने खण्डमा पहिरो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपुर, असोज ४ । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा आइतबार बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक ढकालका अनुसार सडक विस्तार भइरहेको १४ किलोमिटर क्षेत्रभित्र दर्जनौँ ठाउँमा पहिरो खसेका कारण यातायात अवरुद्ध बनेको हो । सडक विस्तारका क्रममा भएको कमजोर भूगोल र वर्षाको कारण पहिरो गएको जनाइएको छ ।
सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । अहिले पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

