नेपालमा भोलिको सूर्यग्रहण नदेखिने, सुतक नलाग्ने



काठमाडौँ, असोज ४ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भोलि आइतवार (असोज ५ गते) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

आश्विन कृष्ण औँसीका दिन पर्ने सो ग्रहणबारे धर्मावलम्बीहरूबीच “सुतक कहिलेदेखि लाग्छ? सोह्र श्राद्ध गर्न मिल्छ कि मिल्दैन?” भन्ने जिज्ञासा बढेपछि समितिले स्पष्टीकरण दिएको हो ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय आधार छ । उनले भने, “नेपालबाट ग्रहण देखिँदैन भने यसको कुनै दोष लाग्दैन र सुतक मान्नुपर्ने हुँदैन।”

आगामी आइतवार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्