थप महंगियो सुनचाँदीको भाउ, सुनकाे मूल्य प्रतिताेला ११०० रूपैयाँ बढ्दा चाँदीकाे कति ?
काठमाडौं,असोज ५ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबार तोलामा ८०० रुपैयाँ वृद्धि भएको सुनकाे भाउ आज १ हजार १ सय रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएकाे छ । गत शुक्रबार छापावाल सुन ताेलाकाे २ लाख १६ हजार रुपैयाँ निर्धारण भएकाे छ ।
यस्तै आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।आज एकैदिन ४० रुपैयाँले वृद्धि भएर चाँदीको भाउ तोलाको २ हजार ६२० रुपैयाँ पुगेको छ ।
यस अघि भदौ ३१ गते एक तोला चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ पुगेको थियो ।

