ला लिगामा रियल म्याड्रिडको लगातार पाँचौँ जित



काठमाडौं, असोज ५ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार पाँचौँ जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले पराजित गर्‍यो। रियलको जितमा इडेर मिलिटाओले खेलको २२औँ मिनेटमा पहिलो गोल गरे भने केलियन एमबाप्पेले ४७औँ मिनेटमा दोस्रो गोल थपे।

लगातार पाँच जितसँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले १५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले समान पाँच खेलबाट १० अंक बनाएको छ भने पराजित इस्पान्योल १० अंकसहित चौथो स्थानमा रहेको छ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अन्य खेलमा लिभान्टेले जिरोनालाई ४–०, सेभियाले डिर्पोटिभो अलाभेसलाई २–१, भिल्लारियलले ओसासुनालाई २–१ तथा भ्यालेन्सियाले एथलेटिको बिलबाओलाई २–० गोलले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्