पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा



चितवन, असोज ५ । लगातार वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।

शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडकलाई दुवै तर्फबाट डोजर प्रयोग गरी पहिरो पन्छाएपछि आइतबार साँझदेखि एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो।

सडक सञ्चालनमा आएपछि लामो समयदेखि रोकिएका साना तथा ठूला सवारीसाधन क्रमशः गन्तव्यतर्फ गइरहेका छन्। प्रहरीका अनुसार अझै पूर्ण रूपमा सडक सञ्चालन हुन केही समय लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्